भेट्रान फुटबलः उपाधिका लागि जोरपाटी र हेटौडा भिड्ने

पाेखरा | माघ २५, २०८०

भेट्रान फुटबलः उपाधिका लागि  जोरपाटी र हेटौडा भिड्ने

पोखरा:      पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्षमाथि र ६० वर्षमाथिको फाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बिहिबार सात खेल सम्पन्नसँगै फाइनल समिकरण पुरा भएको हो । 


पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको पहिलो सेमीफाइनल खेलमा जोरपाटी भेट्रान काठमाडौंले टाइव्रेकरमा ५–४ ले हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । दोस्रो खेलमा नागस्वेती भेट्रान हेटौडाले ठमेल भेट्रान काठमाडौंलाई १–० ले हराउँदै फाइनलमा जोरपाटीको भेट पक्का गरेको हो । यी दुई बिचको फाइनल शनिबार हुनेछ । 


६० वर्षमाथि उमेर समूहको सेमीफाइनल खेलमा बगर भाइखलक रातोले युके मास्टर उत्तरखण्ड भारत सेतोलाई ३–१ ले हरायो । बगरको जितमा आनन्द रञ्जीले दुई तथा दिशेन कुमार श्रेष्ठले एक गोल गरे । भारतका लागि विमल पासवानले एक गोल गरे । 


दोस्रो सेमिफाइनल खेलमा युके मास्टर उत्तरखण्ड भारत पहेँलोले बगर भाइखलक सेतोलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो  । त्यअघि निर्धारित समयको खेलमा भारतका लागि लक्ष्मण सिंहपातले दुई गोल गरे भने, बगरका लागि शम्भु केसी र विदुर विष्टले एक गोल गरे । भोलि (शुक्रबार) बगर रातोले उपाधिका लागि भारत पहेँलेको सामना गर्नेछ ।


बिहिबारनै ५० वर्षमाथिको क्वाटरफाइनल खेलमा बानेश्वर फ्रेन्डसिप थापा गाउँले फ्रिडम धोलारटी ललितपुरलाई २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । वानेश्वरको जितमा शसी गौतम र प्रविर केसीले गोल गरे भने, धोलारटीका लागि तेज बहादुर मगरले एक गोल गरे । 


दोस्रो खेलमा बगर भाइखलकले बुटवल भेट्रानलाई ४–० ले हरायो । बगरको जितमा दिपक पुनले दुई तथा धन कुमार गुरुङ र दलबहादुर गुरुङले एक–एक गोल गरे । 


तेस्रो खेलमा कैलाली भेट्रानले चितवन भेट्रानलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयको खेलमा कैलालीका लागि डम्बर विक्रम शाह र चितवनका लागि मनोज लामाले गोल गरेका थिए ।  
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्